झापा- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आइतबारदेखि सक्रिय सदस्यता वितरण अभियान सुरु गरेको छ। काठमाडौँमा आयोजित कार्यक्रमका बीच राप्रपा अध्यक्ष कमल थापाले सदस्यता वितरण अभियान सुरु गर्नुभएको हो ।
अभियान अन्तर्गत अध्यक्ष थापाले पहिलो सक्रिय सदस्यता आफैंले लिनुभयो । कार्यक्रममा बोल्दै थापाले मुलुकमा कायम व्यवस्था र प्रणाली परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष थापाले संघीय संरचना खारेज गर्नुपर्ने बताउँदै हिन्दू राष्ट्र र राजसंस्था पुनस्थापनाको विकल्प नरहेको दोहोर्याउनु भयो । स्थानीय तहलाई बलियो बनाउनु पर्नेमा अध्यक्ष थापाको जोड छ।


















