२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सिद्धार्थ बैंकद्वारा पाउ पाथिभरा मन्दिरमा सरसफाई र डस्टबिन वितरण



बिर्तामोड-सिद्धार्थ बैंक लिमिटेडले झापाको मेचीनगरस्थित चारआलीमा रहेको पाउ पाथिभरा मन्दिरमा चारथान डस्टबिन वितरण गरेको छ ।

विश्व पृथ्वी दिवसको अवसर पारेर सोमबार पाथिभरा मन्दिर व्यवस्थापनलाई बैंकका तर्फबाट डस्टबिन उपलब्ध गराइएको हो ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत पाउ पाथिभरा मन्दिरलाई डस्टबिन उपलब्ध गराइएको सिद्धार्थ बैंकका प्रादेशिक प्रमुख सुवास श्रेष्ठले बताए ।

डस्टबिन वितरणसँगै सिद्धार्थ बैंकका कर्मचारीले पाउ पाथिभरा मन्दिर परिसरमा सरसफाई पनि गरेका छन् । बैंकका कर्मचारीले यत्रतत्र छरिएको फोहोर व्यवस्थापन गरेका हुन् ।

मन्दिर परिसरमा रहेको फोहोर व्यवस्थापनका लागि बैंकका तर्फबाट २५ जना कर्मचारी खटिएको प्रादेशिक प्रमुख श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड शाखा प्रमुख सुभाष श्रेष्ठ, चन्द्रगढी शाखा प्रमुख सञ्जय मिश्र, काँकडभिट्टा शाखा प्रमुख सुमेश देवकोटासहित बिर्तामोड, चन्द्रगढी र सुरुङ्गा शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार ००:००  ९ : ५२ बजे