१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोडबाट हराए दुई बालिका, खोजीका लागि परिवारको हारगुहार



बिर्तामोड-झापाको बिर्तामोडबाट बुधवार मध्यान्ह दुई बालिका वेपत्ता भएका छन् । बिर्तामोड–५ लालीगुराँस टोलका दुई बालिका दिउँसो १२ बजेदेखि हराइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

सात वर्षीया हिमानी निरौला र पाँच वर्षीया अबजना पौडेल एकसाथ हराएका हुन् । सम्पर्कविहीन बालिकाको खोजीका लागि परिवारजनले अपिल गरेका छन् ।

आफन्तको घरमा समेत गएको नभेटिएकाले प्रहरीले पनि सार्वजनिक सूचनामार्फत उनीहरुको खोजीमा सघाउन आग्रह गरेको छ । दिउँसो ४ बजे परिवारजनले बालिका हराएको सूचना प्रहरीलाई दिएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ००:००  ६ : २० बजे