१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

‘ताप्लेजुङ गोल्डकप’मा टिकट बिक्रीबाट ११ लाख संकलन



झापा-ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो ।

सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट मात्रै चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए । उनका अनुसार क्वाटरफाइनलबाट छ लाख ५५ हजार आठ सय सङ्कलन भएको हो ।

सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क दुई सय र क्वाटरफाइनलका लागि एक सय टिकटदर निर्धारण गरिएको थियो । बुधवार हुने फाइनल खेलका लागि पनि दुई सय टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोली सहभागी छन् । उपाधिका लागि जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी तथा रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ५१ हजार एक सय ११ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ९ : ०९ बजे