८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मंसिर १७ मा नारायण गोपाल साँझ



बिर्तामोड-साहित्य चौतारीले मंसिर १७ गते अर्थात ३ डिसेम्वरमा नारायण गोपाल साँझ आयोजना गर्ने निर्णय गरेको छ । शनिवार अध्यक्ष हस्त परियारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

साहित्य चौतारी रजत वर्ष महाअभियान अन्तरगत नारायण गोपाल साँझमा गायक तथा संगीतकार बलराम समालको एकल गायन प्रस्तुत हुनेछ ।

उक्त अवसरमा नेपाल र सीमापारिका अग्रज स्रष्टालाई दीर्घ साधना सम्मानद्वारा अभिनन्दन गरिने साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

लोक सम्राट एलपी जोशीको प्रमुख आतिथ्य र चौतारीका संस्थापक सल्लाहकार जीवन अधिकारीको विशेष आतिथ्यमा नारायण गोपाल साँझ आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा वरिष्ठ गीतकार जस योञ्जन प्यासी, गायक तथा संगीतकार दावा ग्याल्मो, प्राज्ञ कोमल निरौला, लोक गायक तथा संगीतकार देवी गौतम, साहित्यकार शिव अधिकारीलाई दीर्घ साधना सम्मान अर्पण गरिने संरक्षक श्रेष्ठले बताए ।

साहित्य चौतारीले कार्यक्रममा वाद्यवादक भक्त नेपालीलाई पुरस्कार प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ००:००  ९ : ३९ बजे