१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नारी सञ्चार गृहकाे आयाेजनामा माेबाइल पत्रकारिता तालिम



बिर्तामोड–पत्रकार महिलाहरुको संगठन नारी सञ्चार गृहले बिहीवार झापाको बिर्तामोडमा ‘मोवाइल जर्नालिजम’ विषयक एकदिने तालिम आयोजना गरेको छ ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना रोदनको अध्यक्षतामा आयोजित तालिमको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले उद्घाटन गरेका छन् ।

पत्रकारको सीप तथा क्षमता बढाउँदै प्रविधि अनुकूल पत्रकारितामा अभ्यस्त गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

तालिमका सहभागीलाई झापाका अग्रज टेलिभिजन पत्रकार गणेशमान मुखियाले प्रशिक्षण दिएका छन् । सहसचिव ज्याेत्स्ना श्रेष्ठकाे सञ्चालन र कार्यक्रम संयोजक सञ्जु सिवाकाेटीकाे स्वागत मन्तव्य रहेकाे तालिममा २० जनाकाे सहभागिता रहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार ००:००  १२ : १८ बजे