९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

चैत पहिलो सातादेखि माध्यमिक शिक्षा परीक्षा



बिर्तामोड-राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत पहिलो हप्तादेखि माध्यमिक शिक्षा परीक्षा लिने तयारी गरेको छ । शिक्षा पत्रकार सञ्जालले आयोजना गरेको कार्यक्रममा बोर्डले यस्तो जानकारी दिएको हो ।

राष्ट्रिय शिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले चैत पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए । माघ पहिलो साता परीक्षाको रुटिन निकाल्ने बोर्डको तयारी छ ।

छलफलका क्रममा रहेको शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा नहुने उल्लेख भएपछि त्यसबारे अन्याैल उत्पन्न भएको थियो । यही अन्योलका बीच परीक्षा बोर्डले परीक्षा सञ्चालनको तयारी भइरहेको जनाएको हो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ००:००  ७ : ४१ बजे