५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

प्रहरीको सरुवा बढुवा अघि बढाउने गृहमन्त्रीको तयारी



काठमाडौँ-गृहमन्त्री रवि लामिछानेले प्रहरीमा रोकिएको नियमित सरुवा बढुवालाई अघि बढाउने तयारी गरेका छन्। सरुवा बढुवाका विषयमा गृहमन्त्री लामिछानेले बिहिबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग छलफल गरेका हुन्।

केही दिनभित्रै प्रहरी सरुवा बढुवाको तयारी गर्न गृहमन्त्री लामिछानेले प्रहरी महानिरीक्षकलाई निर्देशन दिएको स्रोतले जनाएको छ। प्रहरीमा महिनौदेखि एसपीका आठवटा पद रिक्त छन्।

बढुवाका लागि १४ जना प्रतिस्पर्धी हुँदा कसलाई बढुवा गर्ने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन। यसले आकांक्षीहरू माथि थप अन्याय भएको प्रहरीभित्रै आवाज उठेको छ।

माघ महिनामै हुनुपर्ने डीएसपीको सरुवा पनि हुन सकेको छैन। सरुवा र बढुवा यसै साताभित्र हुने एकजना प्रहरी अधिकारीले जनाएका छन्।

गृहमन्त्री लामिछानेले सरुवा बडामा पटक्कै हस्तक्षेप नगर्ने घोषणा पनि गरेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार ००:००  ९ : ४० बजे