चन्द्रगढी-भद्रपुर नगरपालिकाको तीन करोड ८७ लाख रुपैयाँभन्दा बढी रकम फ्रिज भएर फिर्ता गएको छ । विकास आयोजना कार्यान्वयनमा गरिएको ढिलाईका कारण बजेट फिर्ता भएको हो ।
नगरपालिकालाई गत आर्थिक वर्ष ०७९÷०८० मा संघीय र प्रदेश सरकारबाट प्राप्त सशर्त÷विशेष÷समपूरक अनुदानतर्फको ३९ करोड २० लाख ७३ हजार प्राप्त भएको थियो ।
अनुदानमध्ये तीन करोड ८७ लाख १८ हजार रुपैयाँ फिर्ता गएको नगरपालिकाको आर्थिक प्रशासन शाखाले जनाएको छ ।
संघीय सरकारबाट प्राप्त विशेष अनुदान पुँजीगततर्फ मेची किनारमा ल्याण्डफिल्ड साइड निर्माण (फोहोर मैला व्यवस्थापन) को दुई करोड ५० लाख बजेट पूरै फ्रिज भएर फिर्ता गएको छ ।
प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान पुँजीगततर्फ संगम चोकदेखि भन्सार सडक निर्माणको एक करोड बजेटमध्ये २ लाख ३२ हजार ७६० रुपैयाँ खर्च भई बाँकी रकम ९७ लाख ६७ हजार २४० रुपैयाँ फ्रिज भई फिर्ताको गएको छ ।