२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

झापामा सवारी दुर्घटना : एकैदिन चार जनाको मृत्यु



बिर्तामोड-झापामा बुधबार भएको सवारी दुर्घटनामा एकै दिन चार जनाको मृत्यु भएको छ । अलग-अलग दुर्घटनामा चार जना युवाले ज्यान गुमाएका छन् ।

बुधबार बिहानै झापाको झिलझिलेमा बोलेराेको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा कमल गाउँपालिका-४ का २५ वर्षीय मोटरसाइकल चालक मौसम राई, पछाडि सवार २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको ज्यान गएको छ ।

तीव्र गतिमा रहेको प्र १-०१-००१ च ९३२९ नम्वरको बोलेरोको ठक्करबाट मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु हो ।

बुधबार राति झापाको सुरुङ्गा पुलमा भएको दुर्घटनामा गरामनीका अर्का युवाले पनि ज्यान गुमाएका छन् । बसको ठक्करबाट मोटरसाइकल चालक ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार ००:००  ७ : ०७ बजे