७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

झापा कारागारमा झडप र आगजनी : स्थिति तनावग्रस्त



झापा : जिल्ला कारागार भद्रपुरमा आज दिउँसो कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा कारागारभित्र आगजनी समेत भएको छ ।

कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रिएका हुन् ‌।

कारागारभित्र ढुंगा हानाहान भइरहेको छ। कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको देखिन्छ । भद्रपुर, मेचीनगर र विर्तामोडको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  ४ : ५३ बजे