बिर्तामोड-नेपाली कांग्रेसका कोसी प्रदेश सभापति उद्धव थापाले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यङ्ग्य गरेका छन् । झापाको बिर्तामोडमा शनिवार आयोजित कांग्रेस कार्यकर्ता भेलामा उनले रास्वपाप्रति व्यङ्ग्य गरेका हुन् ।
बिचारले काङ्ग्रेस हुनेहरु कतै नजाने बताउँदै थापाले भने, ‘घण्टी नयाँ हुञ्जेल बज्छ, पुरानो भएपछि आफैँ बज्न छोड्छ । मुलुकमा काङ्ग्रेसको विकल्प छैन् ।’
सभापति थापाले सरकार स्थायी पद नभएको बताउँदै संविधान बमोजिम नै फेरि पनि मुख्यमन्त्री बन्ने अवसर आउने बताए ।
झापामा काङ्ग्रेसले काङ्ग्रेसलाई नै भोट नहाल्दा चुनाव हार्ने गरेको बताउँदै नेता थापाले केन्द्रबाटै अब अनुशासनको कार्वाही अगाडि बढाउनु पर्ने बताए ।