बिर्तामोड-झापाको बिर्तामोडमा सोमवार बिहान मृत भेटिएका व्यक्ति साइकलबाट लडेको पुष्टि भएको छ । सीसी क्यामेराको फुटेज हेरेपछि उनी साइकलबाट लडेको पुष्टि भएको हो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले साइकलमा सवार ती व्यक्ति आफैँ लडेको देखिएको बताए । उनी बिर्तामोडको प्रसाई मार्केट अगाडि सडक किनारको नालीमा आज बिहान मृत भेटिएका थिए ।
मधेसी समुदायका जस्ता देखिने ती व्यक्तिको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा उनले प्रयोग गरेको साइकलसमेत भेटिएको छ ।