१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

वडामा बोलाएर गर्भवती र सुत्केरीलाई भाले उपहार



झापा-भोजपुरको पौवादुङमा गाउँपालिकाले गर्भवती र सुत्केरीलाई कुखुराको एउटा भाले र दुई वटा पोथी वितरण गर्न थालेको छ । ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम अन्तरगत गाउँपालिकाले कुखुराको भाले पोथी बाँडिरहेको हो ।

गाउँपालिका अध्यक्ष किरण राईले गर्भवती र सुत्केरीको स्वास्थ्यलाई लक्षित गरेर ‘आफैँ पाल्दै आफैँ खाँदै’कार्यक्रम सञ्चालन भइरहेको बताए । यसअघि सुत्केरीका लागि रातोभाले कार्यक्रम सञ्चालनमा थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार घरमै सुत्केरी हुने चलनलाई शून्यमा झारिएको छ । नियमितरूपमा गर्भ परीक्षण गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई गाउँपालिकाले प्रोत्साहन गर्दै आएको छ ।

यो कार्यक्रम अन्तर्गत पौवादुङमा–१ श्यामशिलाका १७ गर्भवती तथा सुत्केरीलाई एउटा भाले र दुईवटा पोथी वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । उनीहरूलाई वडा कार्यालयमा बोलाएर स्वास्थ्य परीक्षणसँगै कुखुरा वितरण गरिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार ००:००  ९ : ४० बजे