बिर्तामोड-झापा प्रहरीले विभिन्न मुद्दामा परार रहेका सातजना अभियुक्तलाई समातेको छ । अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले पक्राउ परेकामध्ये एक जनालाई कारागार चलान गरिएको बताए । अरु ६ जना भने अदालतले तोकेको जरिवाना तिरेर मुक्त भएका छन् ।
पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा ६ महिना कैद तोकिएका दमक–३ का ३४ वर्षीय गणेश राना मगरलाई कारागार चलान गरिएको हो । पक्राउ अधिकांश अभियुक्त वन पैदावार मुद्दाका हुन् ।