१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मृत भेटिए भलिवल खेलाडी श्रेष्ठ



झापा-धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ बिहीवार बिहान मृत फेला परेका छन् । सिद्धलेक गाउँपालिका–३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङका डीएसपी सन्तु जैसवालका अनुसार बिहान पौने सात बजे श्रेष्ठको शव भेटिएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टरको कमाण्डमा टोली खटाइएको छ ।

गंगाजमुना ४, गुम्दीका स्थायी वासिन्दा श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार ००:००  ९ : ५५ बजे