१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

धरानको सेउती पुलमा गोली हानेर चौधरीको हत्या



झापा-सुनसरीको धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली हानी शुक्रबार एक जनाको हत्या भएको छ । हत्या हुनेमा विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरी छन् ।

प्रहरीका अनुसार मूलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि गोली हानी लुटपाट समेत भएको थियो । चौधरीको साथमा भएको नगद रकम र मोबाइल समेत लुटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार ००:००  ८ : ३८ बजे