१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

चियापान एकदिन पछाडि सार्ने एमालेको निर्णय



झापा– नेकपा एमालेले चियापान कार्यक्रम एक दिन पछाडि सारेको छ । बडादशैँ, तिहार र छठपर्वको अवसरमा कात्तिक १४ गतेका लागि तय गरिएको चियापान कार्यक्रम भोलिपल्टका लागि सारिएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई लक्ष्य गरी चियापान कार्यक्रममा कात्तिक १५ गते आयोजना गर्ने निर्णय भएको एमाले पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो सवा १२ बजेदेखि शुरू हुने छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ००:००  ११ : २० बजे