१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सहकारीको वर्गीकरण गर्न प्रधानमन्त्रीको निर्देशन



झापा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

राम्रा, संकटमा रहेका र डुबेका सहकारीहरूको वर्गीकरण गरी तत्काल प्रतिवेदन पेश गर्न प्रधानमन्त्री प्रचण्डले भनेका छन् । सहकारी अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन छ ।

सहकारी संस्थाहरू समाजवादको भ्रुण खडा गर्ने माध्यम भएकाले तिनलाई व्यवस्थित गरी जोगाउँदै लैजानुपर्ने प्रधानमन्त्रीको धारणा छ । ऋण लिएर नतिर्नेहरूका कारण कतिपय सहकारी संकटमा परेकोप्रति प्रधानमन्त्रीले चासो व्यक्त गरेका छन् ‌।

प्रधानमन्त्रीले बोलाएको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, मुख्य सचिव बैकुण्ठ अर्याल लगायत विभागका अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ००:००  १ : २१ बजे