१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पत्रकार तीर्थराज खरेललाई ५१ हजार पुरस्कार



सुरुङ्गा-पत्रकार तीर्थराज खरेल पुरस्कृत भएका छन् । चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षय कोषले शनिवार पत्रकार खरेललाई ५१ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।

कनकाई खबरका सल्लाहकार सम्पादक समेत रहेका खरेल स्थानीय युनिक बहुमुखी क्याम्पस र कनकाई माध्यमिक विद्यालयमा अङ्ग्रेजी शिक्षकको रूपमा पनि क्रियाशील छन् ।

पत्रकारितामार्फत समाज रूपान्तरणमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै अक्षय कोषबाट खरेललाई पुरस्कृत गरिएको छनौट समितिका संयोजक चन्द्रमोहन उप्रेतीले बताए ।

पूर्वाञ्चल दैनिकका सम्वाददाता खरेल २०५९ सालदेखि लेखन तथा पत्रकारितामा क्रियाशील छन् । पत्रकार खरेलसँगै विद्यार्थी सम्रेश भेट्वाल, कृषक नरहरि शिवाकोटी र उत्कृष्ट बुहारीका रुपमा तारा रिजाललाई पनि जनही ५१ हजार रुपैयाँ प्रदान गरिएको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रमुख आतिथिका रुपमा नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार ००:००  ९ : ३३ बजे