१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अर्जुनधारा ६ का वडाबासीलाई रगत निःशुल्क !



बिर्तामोड– वडा बासीका लागि झापाको अर्जुनधारा-६ ले रगत निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा वडा नम्बर ६ ले रगत निःशुल्क उपलब्ध गराउन लागेको हो ।

कमजोर र विपन्न आर्थिक अवस्था भएका वडावासीका लागि रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोलाले बताए ।

रगत निःशुल्क उपलब्ध गराउने सम्बन्धी सम्झौतामा बिहीबार वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटीबीच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार निःशुल्क रगत उपलब्ध गराउने प्रयोजनका लागि वडा कार्यालयले रेडक्रसलाई वार्षिक एक लाख रुपैयाँ भुक्तानी गर्नेछ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार ००:००  ७ : ३७ बजे