१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सुनको मूल्य प्रतितोला एक लाख १८ हजार




झापा– सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । तर, चाँदी भने २० रुपैयाँ सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज छापावाल सुन १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँ प्रतितोला मूल्यमा किनबेच भइरहेको छ । अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख १८ हजार ४ सय र १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएका थिए ।

तर, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी अघिल्लो दिन १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार ००:००  १२ : ३१ बजे