१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

‘मानिसमा सकारात्मक र सिर्जनात्मक भन्दा नकारात्मक सोच हावी’



बिर्तामोड-सरोकारवालाले लैङ्गिक हिंसा न्युनीकरणमा जोड दिएका छन् । बिर्तामोडमा शुक्रवार भएको कार्यक्रममा सहभागी हिंसा नियन्त्रणका लागि सचेत नागरिक जागरुक हुनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

बिर्तामोड नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मेयर पवित्रा महतारा प्रसाईले सकारात्मक र सृजनात्मक भन्दा पनि मानिसमा नकारात्मक सोचाई बढ्दै गएको बताइन् ।

सामाजिक सञ्जालको प्रयोगमा सतर्कता अपनाउनु पर्नेमा मेयर प्रसाईले जोड दिइन् । नगर प्रमुख प्रसाईले हिंसाका घटनामा महिला र पुरुष दुवैको संलग्नता रहने गरेको उल्लेख गरिन् । ।

कार्यक्रममा बोल्दै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकालाई हिंसा विरुद्वको नगरपालिकाको रुपमा अघि बढाउनु पर्ने बताए ।

उपप्रमुख संग्रौलाले महिला र पुरुष बीचचमा मात्र नभई महिला महिला बीचमा पनि हिंसा रहेको भन्दै एकले अर्कोलाई अपमान गरेर अघि बढ्न नसकिने धारणा राखे ।

कार्यक्रममा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष, त्रिदेव बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाइ समितिकी सभापति सावित्रा दाहालले प्रशिक्षण दिएकी छन् ।

कार्यक्रममा कार्यपालिका सदस्य यमुना आचार्य, सीता ढुंगाना, शर्मिला राजवंशी, संगीता सिवा, तिला गौतम, निर्मला गजमेर, लक्षिमा खतिवडा लगायत महिला जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका महिला प्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ००:००  ९ : ०१ बजे