झापा-सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ । विद्यालय शिक्षा विधेयकमार्फत सरकारले यस्तो प्रस्ताव गरेको हो ।
मङ्गलबार मन्त्रिपरिषद् बैठकले विधेयक सङ्घीय संसद्मा पठाउन स्वीकृत दिएको छ । विधेयक पास भए माध्यमिक शिक्षा परीक्षा खारेज हुनेछ ।
विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ । यसका आधारमा एसईई खारेज हुन लागेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको अधिकार स्थानीय तहलाई दिइनेछ ।
माध्यमिक तहको अन्तिम परीक्षा (कक्षा १२) को सञ्चालनको अधिकार राष्ट्रिय परीक्षा बोर्डमा नै निहित हुने प्रस्ताव गरिएको छ । कक्षा १० को परीक्षा भने सम्बन्धित विद्यालयले नै लिनेछ ।
नेपालमा १९९० सालदेखि एसएलसी परीक्षा सुरु भएको हो र २०७३ सालबाट यसको नामकरण एसइई भएको हो ।