७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

मारवाडी युवा मञ्चको अध्यक्षमा ऋषभ



बिर्तामोड- मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्षमा युवा व्यवसायी ऋषभ मित्तल चयन भएका छन् । सातौँ कार्यकालको लागि सोमवार नयाँ समिति गठन गरिएको हो ।

साधारणसभाले मित्तललाई आगामी दुई वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उनी यसअघि मञ्चको बरिष्ठ उपाध्यक्ष थिए ।

मञ्चको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल (गोयल) उपाध्यक्षमा पवन शर्मा, महासचिवमा जीवन अग्रवाल (बंशल), कोषाध्यक्षमा सेंकी अग्रवाल, सचिवमा धीरज अग्रवाल सह–सचिवमा रवि शर्मा, सह–कोषाध्यक्षमा टोनी अग्रवाल (जिन्दल), जनसम्पर्क अधिकारीमा सुबित अग्रवाल चयन भएका छन् ।

सदस्यहरुमा मनोज गोयल, साहिल अग्रवाल, निलेश अग्रवाल, नितिन अग्रवाल, विकास अग्रवाल मनीष पोद्दार, अंकित अग्रवाल, राहुल अग्रवाल, रोनक अग्रवाल पियूष खेतान, आकाश जैन, पंकज गर्ग, मुकेश सिंह चौधरी, आशीष सोनी, आर्यन मित्तल चयन भएका छन् ।

मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहनकुमार मित्तलको प्रमुख आतिथ्य तथा मञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाल टोनीको अध्यक्षतामा उद्धघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बिर्तामोड ४ का अध्यक्ष राहुलकुमार शर्मा, नेपाल राष्ट्र मारवाडी युवा संगठन क्षेत्र क सभापति दीपक मित्तल, नेपाल राष्ट्र मारवाडी युवा संगठनका कोषाध्यक्ष यज्ञराज अग्रवाल, अग्रेसन भवन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मारवाडी महिला मञ्च बिर्तामोडका अध्यक्ष नीलम अग्रवाल, अग्रेसन भवन बिर्तामोडका पूर्व अध्यक्ष बाबुलाल अग्रवाल, नेपाल राष्ट्र मारवाडी युवा संगठनका सदस्य सुमित साहेवाला लगायतको आतिथ्य रहेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ००:००  १० : ०२ बजे