बिर्तामोड– बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले पर्यटन प्रवर्द्धनमा होटल व्यवसायको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
झापाको बिर्तामोडमा शुक्रवार होटल व्यवसायी संघ झापाको १० औँ जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै नगर प्रमुख महताराले यस्तो धारणा राखेकी हुन् ।
नगर प्रमुख प्रसाईले अन्तर्राष्ट्रिय अनुभव र अभ्यासबाट सिकेर नेपालमा पनि स्थानीय स्रोत साधन परिचालन गरी पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा होटल व्यवसायीहरु लाग्नु पर्नेमा जोड दिइन् ।
व्यवसायिक क्षेत्रको विकासका लागि सहकार्य गर्न स्थानीय सरकार तयार रहेको जनाउँदै नगर प्रमुख प्रसाईले नियमनकारी निकायले गर्ने अनुगमनमा होटल व्यवसायीहरुले सघाउनु पर्ने धारणा राखिन् ।
होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा अधिवेशन भएको हो ।