८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

१६ वर्षपछि हत्याका दुई अपराधी पक्राउ



मोरङ-१६ वर्षअघि भएको हत्यामा संलग्न रहेका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिक्लाजुङ गाउँपालिका–१ का सन्तोष राईको हत्या आरोपी धनकुमार राई र देवीप्रसाद राईलाई पक्राउ गरिएको हो ।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार २०६४ जेठ २० गते राति ३५ वर्षीय सन्तोष राईलाई धनकुमार राईले कुटपिट गर्दै हत्या गरी जंगलमा गाडेका थिए ।

घटनापछि हत्यामा संलग्न राईविरुद्ध प्रहरीले मुद्दा अघि बढाएको थियो । २०६७ सालमा जिल्ला अदालत मोरङले धनकुमार र देवीप्रसाद दुवै जनालाई ५–५ वर्षको कैद सजाय तोकेको थियो ।

फरार रहेका धनकुमारलाई कार्तिक २ र देवीप्रसादलाई कार्तिक ५ गते पक्राउ गरिएको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा पेश गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार ००:००  ७ : ४९ बजे