१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

पेट्रोलको मूल्यमा चार रुपैयाँ वृद्धि



काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार रातिदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्यमा ४ रुपैयाँ बढाएको हो ।

भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जनाएको छ । कर्पोरेशनले प्रति लिटर ४ रुपैयाँ ७६ पैसा वृद्धि गरी पेट्रोलको मूल्य पठाएको थियो ।

निगमले डिजेल, मट्टीतेल, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार ००:००  ९ : १५ बजे