१ असार २०८२, आइतबार | Sun Jun 15 2025

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेकाे तयारी



मोरङ-नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। केन्द्रमा बनेको नयाँ गठबन्धन अनुसार सरकार निर्माण गर्न भन्दै एमालेले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले एक दुई दिनभित्रै कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको जानकारी दिए ।

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री कार्की राजनीतिक रूपमा अल्पमतमा परेकाले राजीनामा दिनुपर्ने माग गर्दै आएको भएपनि एमालेले अहिलेसम्म समर्थन कायम राखेको छ।

नेकपा एमालेको समर्थनमा असोज २७ गते नेपाली कांग्रेसका आठ सांसद सहित मुख्यमन्त्री भएका कार्कीले प्रदेश सभामा राप्रपा बाहेक सबैको विश्वासको मत पाएका थिए ।

अहिले एमालेले माओवादीलाई कार्की नेतृत्वको सरकारबाट बाहिरिन दबाब दिँदै आएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार ००:००  ५ : २१ बजे