५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

तीव्र गतिका कारण कोसी प्रदेशमा ५३ प्रतिशत सवारी दुर्घटना



बिर्तामोड-कोसी प्रदेशमा ५३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको तथ्याङ्कले देखाएको छ । ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ट्राफिक सप्ताहका अवसरमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

अधिकांश दुर्घटनामा मानवीय त्रुटी प्रमुख कारण रहेको ट्राफिक प्रहरीले जनाएको छ । १६ प्रतिशत दुर्घटना चालकको लापरवाहीले भएका छन् । १२ प्रतिशत दुर्घटना सडक प्रयोगकर्ताको असावधानीले भएको प्रहरी तथ्याङ्क छ ।

गतवर्ष कोसी प्रदेशमा तीन हजार ८ सय २० दुर्घटना भएका थिए । ती दुर्घटनामा ५३१ जनाको मृत्यु भएको थियो । त्रिवर्षीय दुर्घटना विश्लेषण बर्सेनि ८० प्रतिशतले दुर्घटना वृद्धि भइरहेको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार ००:००  ७ : ५१ बजे