१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएपछि परीक्षा रद्द !



मोरङ-पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गर्ने निर्णय गरेको छ । कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएपछि नगरपालिकाले ६ कक्षाको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

नगरभित्रका २८ वटा सामुदायिक विद्यालयले सामूहिक परीक्षा गराउँदै आएका थिए । बिहान कक्षा ४ को परीक्षा भएको र सोही प्रश्नपत्र कक्षा ६ मा पनि दोहोरिएपछि परीक्षा रद्द गर्नु परेको नगर शिक्षा शाखा अधिकृत नवीन बुढाथोकीले बताए ।

कक्षा ६ को स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयको प्रश्नपत्र कक्षा ४ सँग मेल खाएको थियो । रद्द भएको परीक्षा आज सञ्चालन गर्न लागिएको छ ।

तयार भएको प्रश्नपत्र छपाइमा प्राविधिक त्रुटि भएको परीक्षा समितिका सदस्य नरेन्द्र घिसिङले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार ००:००  ८ : २० बजे