१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बेल्स मोडल स्कूलमा भएको विस्फोटप्रति प्याप्सनद्वारा दुःख व्यक्त



बिर्तामोड-निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन नगर कमिटी बिर्तामोडले मङ्गलबार बेल्स मोडल स्कुलमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

बुधबार प्याप्सनका नगर अध्यक्ष उत्तम खनाल र सचिव सुरेन्द्र खरेलले विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

विद्यालयको वार्षिक कार्यक्रमका बेला बेलुन फुलाउन प्रयोग गरिएको हाइड्रोजन ग्यास सिलिन्डर विस्फोट हुँदा विद्यालयका एक छात्रासहित प्राविधिक भारतीय नागरिक घाइते भएका थिए ।

प्याप्सनले घाइते दुबै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घटनापछि प्याप्सनले यस्ता घटनाबाट सचेत हुँदै बालमैत्री, व्यवहारमैत्री र स्थानीय स्रोत साधनको प्रयोग गरी प्रयोगात्मक तथा अन्य गतिविधि गर्न अपिल गरेको छ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ००:००  ८ : ५६ बजे