२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

चाडवाडमा चर्काे भाडा असुली: हवाई कम्पनीको कमाउ धन्दामा सरकारी संरक्षण



बिर्तामोड-इन्धनको मूल्य बढ्दा भाडा बढाउने हवाई कम्पनीहरु चाडपर्वमा भने यात्रुको चाप बढ्ने निश्चित भएपछि ‘कमाउ धन्दा’ मा लाग्छन् । साविकको भन्दा चाडवाडमा चर्काे भाडा लिएर यात्रु ओसार्ने हवाई कम्पनीको घोषित कमाउ धन्दामा सरकार रमिते बन्छ ।

‘सरकारी संरक्षणमा हवाई कम्पनीले चर्काे मूल्य लिएर चाडवाडको मुखमा टिकट बेचिरहेका छन्’, राजधानी काठमाडौँबाट झापा फर्किएका एक यात्रुले भने, ‘यो कमाउ धन्दामा सरकारी अधिकारीको संलग्नता छैन् भनेर कसरी बुझ्ने ?’

हवाई कम्पनीको चर्काे भाडा असुलीका विषयमा सांसदहरु पनि चुइक्क बोल्दैनन् । जवकि उनीहरु अधिकांशले हवाई यात्रा गर्दै आएका छन् । सत्ताको स्वाद र सुविधामा अल्झिएका मन्त्री पनि यस विषयमा बोलेको कहिल्यै नसुनेको यात्रुको गुनासो छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम चर्काे भाडा असुल्ने हवाई कम्पनीमाथि कार्वाही हुनुपर्ने बताउँछिन् । नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथता नागरिक उड्ययन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण हुन नसकेको सांसद गौतमको गुनासो छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार ००:००  ८ : ५५ बजे