२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

पत्रकार ढकाल पुरस्कृत



बिर्तामोड-पत्रकार नरेन्द्र ढकाल पुरस्कृत भएका छन् । वीरता जेसीजले मङ्गलबार उनलाई पुरस्कृत गरेको हो ।

पूर्वाञ्चल दैनिकको अनलाइन संस्करणका संयोजक समेत रहेका ढकाललाई मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

वीरता जेसीजकाे ४३ औँ पद हस्तान्तरण समारोहका बीच पत्रकार ढकाललाई ११ हजार रूपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो ।

झापाका अग्रज पत्रकार मदन ढकालको योगदानलाई चिरस्थायी बनाइराख्न वीरता जेसीजले परिवारजनको समेत सहभागितामा पुरस्कार स्थापना गरेको थियो ।

स्वर्गीय ढकालकी श्रीमती सावित्रा, छोरा सृजन, भाइ बुहारी शिला ढकालले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

युवा पुस्ताका मेहनती र सक्रिय पत्रकार ढकाल मिडिया एक्सन नेपालका कोशी प्रदेश संयोजक छन्। उनी स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष पनि हुन् ।

पत्रकारितामार्फत सामाजिक रूपान्तरणको अभियानमा अविच्छिन्न लागेका ढकालले यसअघि विभिन्न पुरस्कार पनि प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ००:००  ७ : ३४ बजे