१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

शिवसताक्षी–९ भालुखोलामा सवारी दुर्घटना : दुई जनाको मृत्यु, सात जना घाइते



बिर्तामोड- पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी–९ भालुखोलामा मंगलवार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अरु सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कार चालक मोरङ उर्लाबारी–६ का गुरुचन चौधरी र उनकी छोरी १८ वर्षीया कुसुम चौधरी रहेका छन् । उनीहरु दुबै जनाको टाउकोमा गहिरो चोट लागेको थियो । उपचारको क्रममा बाबु छोरीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक यामकुमार खँड्काले जानकारी दिए ।

बिहान पौने सात बजे भएको दुर्घटनामा उनीहरु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००१ क ३८७९ नम्वरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१च ७४८२ नम्वरको कार आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनापछि ट्रक चालक फरार भएको प्रसनि खँड्काले बताए । घाइतेलाई बिर्तामोडको बीएण्डसी अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार ००:००  ८ : ४१ बजे