१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

झापासहित २६ जिल्ला सर्पदंशको उच्च जोखिममा



बिर्तामोड– झापासहित नेपालका २६ जिल्ला सर्पदंशको उच्च जोखिममा छन् । गर्मी बढेसँगै ती जिल्लामा विरामीको संख्या बढ्न थालेको छ । झापा, मोरङ सुनसरी, सप्तरी, सिराहा लगायतका जिल्लामा सर्पदंशको घटना बढी हुने गर्छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्ष सर्पदंशबाट १९ जनाको मृत्यु भएको थियो । समयमा उपचार नपाउँदा उनीहरुको ज्यान गएको हो ।

जुनोटिक तथा सरुवा रोग नियन्त्रण शाखाका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइने गरेका छन् । तीमध्ये २० प्रजातिका सर्प विषालु मानिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार ००:००  १० : ४२ बजे