झापा- जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा नेपाल खेलकुद महासंघले आयोजना गरेको पूर्वसांसद र बहालवाला सांसद बीचको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सांसद राजेन्द्रकुमार राई र लीलबहादुर थापाको जोडीले जीत हासिल गरेको छ ।मंगलवारबाट सुरु भएको खेलको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
रिभाइभ लिजर पार्क महालक्ष्मीस्थान ललितपुरमा भएको प्रतियोगिताको फाइनल खेल राजेन्द्र राई र लीलाबहादुर थापा तथा यज्ञराज सुनुवार र दिलमान पाख्रिनको टीम बीच भएको थियो ।
प्रतियोगितामा कमल थापा र गणेश थापाको टीम र भानुभक्त ढकाल र नवराज सिलवालको टीम तृतीय भएको छ । सेमिफाइनल टीममा पराजित दुवै टीमले तृतीय स्थान प्राप्त गरेको प्रवक्ता तीर्थ खडकाले बताए ।
बिजयी टीमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र महासंघका अध्यक्ष पर्शुराम बस्नेतले पुरस्कार प्रदान गरेको प्रचार विभागका उपप्रमुख राजकुमार अोलीले बताए ।