९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मलाई जिताउनुको विकल्प छैन : मित्तल



झापा-बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका दीपक मित्तलले चुनावी नतिजा आफ्नो पक्षमा आउने दावी गरेका छन् । बिर्तामोडमा अमृतभोग स्वीट्स एण्ड स्न्याक्स सञ्चालन गरिरहेका मित्तलले कोषाध्यक्षमा आफ्नो विकल्प नभएको बताएका हुन् ।

संघमा सदस्य पदमा रहेर काम गरिसकेको जनाउँदै मित्तलले भने, ‘व्यवसायीले मलाई मतदान गर्नुको अर्काे विकल्प छैन । मेरो अनुभव र सक्रियताका हिसावले नतिजा मेरो पक्षमा आउँछ ।’ लोकतान्त्रिक व्यवसायिक समूहका तर्फबाट उम्मेद्वार बनेका उनी अहिले चुनावी प्रचारमा व्यस्त छन् ।

व्यवसायीको हक अधिकारका लागि प्रतिवद्ध रहेको बताउँदै उनले आफू मारवाडी समुदायको भए पनि सबैसँग समान व्यवहार गरी टीमवर्कमा काम गर्न सक्ने बताए । व्यवसायीमाथि परेको बैंकिङ समस्या, करमा आउने अनेकौँ उल्झनलाई निराकरण गर्न आफूले भूमिका खेल्ने मित्तलले बताए ।

१५ वर्षदेखि रेडिमेन्ट, गार्मेट व्यवसाय सञ्चालन गर्दै आएका उनी विभिन्न सामाजिक संघ संस्थामा समेत संलग्न छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार ००:००  ९ : ५९ बजे