झापा-राष्ट्रका लागि संगीत अभियात्राकाे टाेली झापा आइपुगेको छ । माओवादीनिकट जनवादी कलाकारको समूह अभियात्राका क्रममा बुधबार झापा आइपुगेको हो ।
अभियात्राको टोलीले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आफ्नो साङ्गीतिक अभियानबारे प्रष्ट पारेको छ । टोलीमा २० जना कलाकारको सहभागिता छ ।
वरिष्ठ बामपन्थी जनवादी गायक जीवन शर्मा, मणि थापा, उदय श्रेष्ठ, माधव प्रधान लगायतका ख्यातिप्राप्त कलाकारको आयोजनामा राष्ट्रका लागि संगीत अभियात्रा भइरहेको हो ।
चैत ४ मा धनगढीबाट अभियात्रा सुरु भएको थियो । अभियात्राकाे टाेलीले झापाकाे बिर्तामोडस्थित सिटी सेन्टरमा चैत २५ गते आफ्नो साङ्गीतिक प्रस्तुति राख्नेछ ।