झापा– श्रीमती मारेर भागेका पाँचथर हिलिहाङका पूर्णबहादुर तामाङ बुधबार पक्राउ परेका छन् ।
सोमबारराति घरायसी विवादका क्रममा तामाङले श्रीमती डम्बरकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
इलामको सूर्योदय नगरपालिका-२ सयपत्री टोलमा बस्दै आएका ५० वर्षीय तामाङलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले मध्यान्न पक्राउ गरेको हो ।
तामाङलाई लालीखर्कबाट पक्राउ गरिएको इलामका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।