१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात



काठमाडौँ-नेपालले सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । अन्तर्राष्ट्रिय बजारमा यार्सागुम्बाको माग उच्च रहेकाले निर्यात बढेको हो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा दोब्बर बराबरको यार्सागुम्बा निर्यात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा ४४ करोड ३१ लाख ९१ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो । तर चालु आर्थिक वर्षको ७ महिनामै ६० करोडभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार ००:००  १० : ०५ बजे