१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जन्मदिनमा पत्रकार महिलाको अक्षय कोषलाई ५५ सय



झापा-परिवेश मिडिया प्रालिकी अध्यक्ष गंगा तिम्सिनाले नारी सञ्चार गृहको अक्षय कोषका लागि आर्थिक सहयोग गरेकी छन् । बुधवार बिर्तामोडमा आयोजित कार्यक्रममा तिम्सिनाले सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

जन्मदिनको अवसर पारेर अध्यक्ष तिम्सिनाले नारी सञ्चार गृहलाई पाँच हजार पाँच सय ५५ रुपैयाँ हस्तान्तरण गरेको अक्षय कोष बृद्धि तथा परिचालन समिति संयोजक जोस्ना श्रेष्ठले बताइन् ।

महिला पत्रकारहरूको संस्था नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ स्थापना गरेको छ ।

५० लाखको लक्ष्य राखेर शुरु गरिएको कोषमा हाल सम्ममा ३६ लाख रुपैयाँ संकलन भएको संस्थाकी अध्यक्ष रेजिना गौतमले बताइन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ००:००  ८ : ४३ बजे