५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

बुद्धशान्तिको पाथिभरा ब्लक उद्योगमा कुटाकुट : पाँचथरका सेनेहाङको हत्या



बिर्तामोड-आफ्नै साथीले गरेको कुटपिटबाट पाँचथर नागी गाउँपालिका घर भएका विक्रम सेनेहाङको मृत्यु भएको छ । शुक्रबारराति झापाको बुद्धशान्ति गाउँपालिकास्थित पाथिभरा ब्लक उद्योगमा सेनेहाङमाथि आक्रमण भएको थियो ।

उद्योगमा काम गर्दै आएका झापाको शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भएका १९ वर्षीय मिलन पुरकोटीले सामान्य विवादका क्रममा सेनेहाङमाथि काठको मुंग्रो र हम्मर प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आक्रमणबाट घाइते भएका सेनेहाङलाई तत्काल उपचारका लागि बीएण्डसी हस्पिटल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई राति नै विराटनगरस्थित नोबेल अस्पताल पठाइएको र आज बिहान निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि पुरकोटी पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार ००:००  ८ : ०२ बजे