इलाम– इलामको माई नगरपालिकामा गएराति बाबुले छोराको हत्या गरेका छन् ।
माई नगरपालिका–५ को बिहीबारे नजिकका दिलकुमार राईले छोरा १८ वर्षे जीवनको हत्या गरेका हुन् । जीवन स्थानीय भगवती माविमा कक्षा ११ मा अध्ययरत थिए ।
मदिराका कारण भएको घरायसी विवादमा दिलकुमारले छोराको पेटमा चुुप्पी प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल झापाको बीएन्डसी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको स्थानीयले जानकारी दिए । ३७ वर्षे दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















