१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

दुई दिनदेखि विराटनगर विमानस्थलको उडान बन्द



विराटनगर– दुई दिनदेखि विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरोका कारण उडान हुन नसकेको हो ।

दुई दिनदेखि उडान हुन नसकेको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । मौसममा सुधार नभएकाले उडानकार्य रोकिएको हो ।

विराटनगर विमानस्थलबाट विभिन्न एयरलाइन्स कम्पनीले दैनिक १६ वटा उडान भर्दै आएका छन् । ती उडानमार्फत करिब एक हजार हवाई यात्रुले सेवा पाउँछन् ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार ००:००  ७ : २८ बजे