१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जीप दुर्घटनामा एकै गाउँका चार जनाको मृत्यु



झापा-मुगुमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्वर २ रिप गाउँका रहेको प्रहरीले जनाएको छ ।

ग १ ज ७७६२ नम्बरको जीप सोमबार अपराह्न चिप्लेगाडामा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले बताए । उक्त जीप सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै थियो ।

मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका– २ का एकै नाम थरका दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेका छन् । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार ००:००  ८ : २८ बजे