१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

आफ्नै टाउकोमा प्रहरी जवानले हाने गोली



इटहरी– सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।

मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका–२ घर भएका प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो ।

घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार ००:००  २ : ३४ बजे