ललितपुर-सडक विभागले ललितपुरको कुसुन्तीस्थित चक्रपथमा आकाशे पुल निर्माणका लागि स्वीकृति दिएको छ । ललितपुर महानगर पालिकाको माग बमोजिम विभागले पुल निर्माणका लागि स्वीकृति दिएको हो ।
विभागीय स्वीकृतिपछि चक्रपथमा लिफ्ट र शौचालयसहितको अपांगतामैत्री आकाशे पुल निर्माण गर्ने बाटो खुलेको ललितपुर महानगरका मेयर चिरीवाबु महर्जनले बताए ।
पैदल यात्रुका लागि सडक वारपार गर्न आकाशे पुल निर्माण गर्ने योजनासहित महानगरले अनुमति मागेको थियो । शौचालयको समेत व्यवस्था हुने यो आकाशे पुल टफन ग्लासबाट निर्माण गरिनेछ ।
पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनका अनुसार करिब चार करोड रुपैयाँको लागतमा दुई वर्षभित्र पुलको निर्माण कार्य सम्पन्न हुनेछ ।