बिर्तामोड-नारायण गाेपाल स्मृति प्रतिष्ठानकाे आयाेजनामा झापाको बिर्तामोडमा नारायण गाेपाल स्मृति साँझ सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार दिनेश अधिकारीले केही बेरअघि ३३ औँ नारायण गाेपाल स्मृति साँझकाे उद्घाटन गरेका छन् ।
स्मृति साँझमा वरिष्ठ गायक विष्णु अधिकारीकाे मुख्य गायन रहेकाे छ । प्रतिष्ठानका अध्यक्ष माेहन सिवाकाेटीले नारायण गाेपाल र कार्यक्रमका प्रमुख अतिथि अधिकारीकाे ब्यक्तित्व माथि चर्चा गरेका छन् ।
