झापा–सहकारी विभागमा नयाँ रजिष्ट्रारको नियुक्ति भएको छ । सरकारले संघीय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेको सरुवा गर्दै विभागमा नयाँ रजिष्ट्रार पठाएको हो ।
मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार घिमिरे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएका छन् । घिमिरेको सरुवापछि विभागको रजिष्ट्रारमा कुमारप्रसाद दाहाल आउने भएका छन् ।
दाहाल युवा तथा खेलकुद मन्त्रालयबाट सरुवा भई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय आउन लागेका हुन् ।